Wednesday, June 10News That Matters

त्रिभुवन विमानस्थलमा अवैध सुनसहित एक पक्राउ

पूर्णपुष्टि,फागुन १८

१६० ग्राम अवैध सुनसहित ४२ बर्षीय युवा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको छ । नगरपालिका–६ घर भएका नगेन्द्रकुमार रानालाई प्रहरीले सोमबार राति पक्राउ गरेको हो ।

सुनको ३ थान बाला र २ थान औंठीसहित स्याङ्जा चापाकोट नगरपालिका–६ घर भएका ४२ वर्षीय नगेन्द्रकुमार राना सोमबार राति पक्राउ परेका हुन् ।

हिमालय एयरलाइन्सको विमानबाट साउदी अरेबियाको रियादबाट आएका रानालाई जाँच गर्दा अवैध रुपमा ल्याएको सुनको ३ थान बाला र २ थान औंठीसहित पार्किङ एरियाबाट फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

रानालाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।