
पूर्णपुष्टि, जेष्ठ २८
त्रियुगा नगर कार्यापालिका सदस्यमा रोचक मतदान भएको छ । ८२ मत रहेको कर्यापालिका निर्वाचनमा ४२ मत कांग्रेको मात्रै थियो । कांग्रेस एक्लै बहुमतको अवस्थामा पनि कार्यपालिका सदस्यमा भने कांग्रेसको लाजस्पद हार भयो ।
यहाँ एमालेका ४ र माओवादीका ३ गरी ७ जना बिजयी हुँदा कांगेसको एक जना उम्मेदवार मात्रै बिजयी बनेको छ । माओवादी बाट विमल किराँती, कुन्ती परियार, रेखा थापा मगर र एमाले बाट रेनुका श्रेष्ठ, सुनिता गजमेर, गिता कुमरी उप्रेदी र डिल्लीसेर राई बिजयी बनेका छन् । यता कांग्रेसबाट बलदेव विश्वकर्मा बिजयी बनेका छन् । ८२ मत मध्ये एमालेको २४ र माओवादीका १६ मत रहेका थिए ।
