Sunday, June 28News That Matters

त्रियुगा खेलकुद महोत्सवमा ब्याड्मिन्टन हुदै, फाईनल आज

पूर्णपुष्टि, फागुन २५ ।

प्रथम त्रियुगा खेलकुद महोत्सव २०७७ मा ब्याड्मिन्टन प्रतियोगिता हिजोदेखि सञ्चालन भईरहेको छ । प्रतियोगितामा खुल्ला मेन्स डबल्सतर्फ ३८ जोडीले भाग लिएका छन् । भेट्रान्स तर्फ १४ जोडीले भाग लिएका छन् भने १७ वर्ष मुनिको सिंगल खेलमा ८ जनाले भाग लिएका छन् ।

हिजोबाट सञ्चालन भएको प्रतियोगिताको अधिकांश खेल हिजो र आज विहानसम्ममा भइसकेका छन् । बाँकी खेलसहित फाईनल खेल आजै सम्पन्न हुने आयोजकले जनाएको छ । त्रियुगा नगरपालिकाको मुख्य आयोजना र जिल्ला ब्याड्मिन्टन संघ उदयपुरको आयोजनामा खेल भइरहेको छ ।

प्रतियोगिताका विजयी प्रथम, दोस्रो र तेस्रो हुने सबै इभेन्टका खेलाडीहरुलाई नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जिल्ला ब्याड्मिन्टन संघ उदयपुरका सचिव किसन राईले बताउनुभयो ।

प्रतियोगिताले नगरक्षेत्रको सबै ब्याड्मिन्टन खेलाडीलाई समेटेको छ । साथै खेलमा विभिन्न सरकारी निकायमा कार्यरत कर्मचारी, सुरक्षा प्रमुखदेखि न्यायधिशसम्मको सहभागिता रहेको छ । पछिल्लो समय लोकप्रीय बन्दै गएको ब्याड्मिन्टन प्रतियोगिता रोचकपूर्ण ढंगले सञ्चालनमा रहेको छ ।
अन्य तस्विरहरू :