
पूर्णपुष्टि, चैत्र २१ ।
त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा लागु औषध दुव्र्यसन सचेतना सम्बन्धि विद्यार्थीहरुलाई एक दिवसीय गोष्ठी आयोजना गरिने भएको छ । सह प्राध्यापक तथा क्याम्पु प्रमुख डा. कैलाश राईका अनुसार यहि चैत्र २७ गते प्लस टु र स्नातक प्रथम वर्सका विद्यार्थीहरुलाई सहभागी गराई गोष्ठी संञ्चालन गरिने छ । गोष्ठी क्याम्पस, स्ववियु र जिल्ला प्रहरी कार्यालय उदयपुरको संयुक्त आयोजनामा संञ्चालन हुन लागेको प्रमुख राईले जनाए । यसै गोष्ठीमा उपस्थितका लागि सबैलाई आह्वान गरिएको छ । लागु औषध बारे विद्यार्थी आफु पनि सचते रही अरुलाई पनि सचेत बनाउन पर्ने भन्दै गोष्ठी गर्न लागिएको हो ।

