Sunday, May 10News That Matters

त्रियुगा जनता बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सव सम्पन्न

पूर्णपुष्टि, भदौ १० ।  त्रियुगा जनता बहुमुखी क्याम्पस मोडिगडाको ३७ औं वार्षिकोत्सव तथा क्याम्पस दिवस सम्पन्न भएको छ। सोमबार कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारको प्रमुख आतिथ्यमा क्याम्पसको सभाहलमा कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा पूर्व क्याम्पस प्रमुख रमेश चन्द्र रोक्का र पूर्व संचालक समितिका अध्यक्ष विरेन्द्र कुमार बस्नेत लगायतलाई सम्मान गरिएको थियो। साथै विभिन्न संकायका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ।

सम्मानित विद्यार्थीहरूमा:

  • मानविकी तथा सामाजिक शास्त्र संकाय: बालकुमारी जोशी (प्रथम)
  • शिक्षा शास्त्र: करिष्मा मकाजु (प्रथम)
  • व्यवस्थापन संकाय: सन्ध्या कार्की (प्रथम)
  • बिआईसिटिई संकाय: अमरदिप रेग्मी (प्रथम)

कक्षा १२ मा गत वर्ष प्रथम स्थान हासिल गरेका शिवराम राई र यस वर्ष प्रथम स्थान हासिल गरेका उदयानन्द पौडेललाई पनि सम्मान गरिएको थियो।कार्यक्रममा छात्रवृत्ति दाता, चन्दादाता र जग्गादाताहरूलाई समेत सम्मान गरिएको थियो। वार्षीकोत्सवमा त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राई, क्याम्पस प्रमुख कौलाश राई, व्यवस्थापन समितिका पदाधिकारी लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।