
पूर्णपुष्टि,असार ४ । त्रियुगा नगरपालिकाले वडा नं.१२मा सुविधा सम्पन्न र अत्याधुनिक प्रशासकीय भवन निर्माण हुँने भएको छ ।पुरानो गाईघाटको त्रिवेणी टोलमा स्थितमा रहेको वडा कार्यालयले लामो समय देखि भाडाको घरबाट सेवाग्रहीहरुलाई सेवा प्रवाह गर्दै आए थियो ।
आज सोमबार आज एक कार्यक्रमको आयोजना गरी त्रियुगा नगर प्रमुख वसन्त बस्नेत, उपप्रमुख महेश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत र कार्यवाहक वडा अध्यक्ष अनिता थापाले नवनिर्मीत भवनको सयुक्त रुपमा शिलान्यास गरेका छन ।

नगर प्रमुख बस्नेतले सोमबार भवन शिलन्यास गर्दै आफूहरू योजनावद्ध र दिगो विकासका योजनासहित अगाडि बढिरहेको बताए । नगरको आन्तरिक स्रोत, र साधनका साथै शहरी विकास मन्त्रालय र अन्य सरकारी निकायसँगको समन्वयमा त्रियुगा रिङरोड निर्माणमा लागि परेको जानकारी दिए । पूर्वाधारविना गुणस्तरीय सेवा प्रदान गर्न नसकिने भएको हुँदा वडाको प्रशासकीय भवन निर्माण गर्न लागिएको उपप्रमुख महेश्वरी राईले बताइन ।
भाडाको घरबाट सेवा प्रदान गर्दा सेवाग्राहीले चाहे अनुसार सेवा प्रदान गर्न अप्ठ्यारो, पार्किङ स्थल नहुदा समस्या र सांघुरो कार्यलयमा सभाहलको अभाव हुँदा सरोकारवालासँग छलफल र अन्तरक्रिया गर्न समेत नपाएकोले सम्पुर्ण सेवा सुविधालाई एकै ठाउँबाट प्रदान गर्न वडा भवन निर्माण गर्न लागिएको वडा अध्यक्ष अनिता थापाले बताइन । कार्यक्रममा वडा नं ३ र ४ का वडा अध्यक्ष सहित विभिन्न पार्टीका प्रतिनिधि र सम्पुर्ण टोलबिकास समितिका अध्यक्ष तथा प्रतिनिधि उपस्थित थिए ।
