Wednesday, June 10News That Matters

त्रियुगा नगरपालिकाका ८ कर्मचारी सहित १० जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपष्टि,कार्तिक २०

उदयपुरको त्रियुगा नगरपालिकामा १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको र  ११ नं वडाका ८ कर्मचारी सहित अन्य थप २ जना गरी १० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा ३२, ४६, ३३ र ३२ वर्षिया महिला रहेका छन् भने ५६, १६, ४५, ४१, २२ र २६ वर्षिय पुरुष रहेका छन् ।

त्रियुगा नगरपालिका कर्मचारी सहित ७४ जनाको स्वाब परीक्षण गरी मंगलबार कोशि कोरोना अस्पतालमा पठाइएको थियो । बुधबार आएको रिपोर्टमा १० जना संक्रमण पुष्टि देखिएको हो ।

संक्रमित हुनेमा प्रशासन, प्राविधिक इन्जिनियर, सामाजिक परिचालक देखि इलेक्ट्रिसियनसम्म रहेका छन् । यस्तै १६ वर्षिय बालक त्रियुगा नगरपालिका ११ का जनप्रतिनिधिका छोरा हुन् । भने ३२ वर्षिय महिला एनसिसी बैंकका कर्मचारी हुन् ।