
पूर्णपुष्टि,जेष्ठ १५ । त्रियुगा नगरपालिकाले गणतन्त्र दिवसको अवसर पारी शारिरीक रुपमा अपाङ्गता भएका व्यक्तीहरुलाई ह्वीलचियर वितरण गरेको छ । मंगलवार नगरले एक कार्यक्रमको आयोजना गरी नगर क्षेत्र भित्र रहेका २० जनााई ह्वीलचिय वितरण कार्यक्रम राखीएको थियो । जस मध्य कार्यक्रमको दिन ८ जनालाई मात्र नगर प्रमुख बशन्त कुमार बस्नेत साथै नगर उप–प्रमुख महेश्वरी राईले संयुक्त हस्तान्तरण गरिएको हो । अन्य उपस्थित हुन सकेकाहरुलाई घरमै लगेर वितरण गर्ने जनाएको छ ।
नगरले गत ०७९ असोजको २९ गते नगर भरी रहेका ६६ जनाको शारिरीक परिक्षण गरी २० जनामा अपाङ्गता भएको पाएपछि उनीहरुलाई नगरले बिभिन्न चरण गरी ह्वीलचियर वितरण गरिरहेको जनाएको छ ।
कार्यक्रममा नगर प्रमुख बसन्त बस्नेतले शारिरीक रुपमा अशक्तहरुलाई ह्वीलचियर लिन आउँन नसक्नेहरुलाई घरमै लगेर हस्तान्तरण गर्ने बताए । गणतन्त्र दिवसको अवसरमा सबैले आत्मा बोध गर्ने हिसावले संस्थाको विकास गर्नेमा जोड दिए ।

यता नगर उप–प्रमुख महेश्वरी राईले उक्त दिवसको अवसरमा ह्वीलचियर वितरण गर्ने कार्य निरन्तर रहेने बताईन् । उनका अनुसार बाँकी रहेको २४ वटा ह्वीलचियर आगमी अर्को चरणमा वितरण गर्ने बताइन् । नगरको निति तथा कार्यक्रममा नगर क्षेत्र भरी रहेको असक्त भएकाहरुलाई साहायक सामाग्रि प्रदान गर्ने कार्यक्रम रहेको साथै नगरपालिका स्वास्थ्य क्षेत्रमा अत्यन्तै सम्बेदनसील रहेको बताईन् ।

कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्ण सिक्देल, वडा नं.१० का वडा अध्यक्ष किरण पाण्डे, वडा नं.११ का अध्यक्ष सुमन्त कौराला, वडा नं. १२, अनिता कार्की र अपाङ्ग बिकास महासंघ जिल्ला शाखा उदयपुरका अध्यक्ष सिता पौडेल लगाएत अन्य कार्मचारीहरुको उपस्थिति रहेको थियो ।



