
पूणर्पुष्टि, मंसिर ६
त्रियुगा नगरपालिकाले जेसिबी लगाएत मेशनरी सामान खरिद गरेको छ । नगरको विकास तथा जनताको सहजताका लागि नगरले मेशनरी सामान खरिद गरेको हो ।
त्रियुगा नगरको विकास निर्माण काममा यी साधनहरुलाई सदुपयोग गर्ने नगरले जनाएको छ ।
जेसीबी लगायतका मेसिनरी एवम् उपकरणको अभावमा नगरपालिकामा आयोजित विकास निर्माणका काम समयमै सम्पन्न हुन कठिनाई भएकाले नगरपालिकाले सहज सेवा र शिघ्र कार्यसम्पादनका लागि यो सेवा शुरु गरेको नगरप्रमुख बलदेव चौधरीले बताउनुभयो ।
त्रियुगा नगरपालिका नगरबासीको समृद्धि र नगरको समुचित विकासका लागि यी साधनहरुले राम्रो सेवा र ठेवा पुराउने उदेश्य सहित जेसिवि खरिद गरिएको समेत मेयर चौधरीले बताउनुभयो ।
