
पूर्णपुष्टि, असोज १७
जिल्ला प्रहरी कार्यालय उयदपुर र ट्राफिक प्रहरी उदयपुरले चाँडबाँडलाई मध्यनजर गर्दै त्रियुगा बस पार्कमा यात्रु सहायता कक्ष संञ्चालनमा ल्याएको छ ।
आईतबार प्रहरी प्रमुख (एसपी) सुवास चन्द्र बोहोराले यात्रु सहायता कक्षको औपचारीक उद्घाटन गर्दै पूर्ण रुपमा संञ्चालनमा आएको बताउनुभयो ।
दशैँ तथा अन्य चाँडबाँडहरु नजिकिए सँगै यात्रुहरुको सफल यात्रा र गन्तव्यलाई सहयोग पुराउने उदेश्य सहित कक्ष स्थापना गरिएको एसपी बोहारोले बताउनुभयो ।
ट्राफिक प्रहरी, जिल्ला प्रहरी र सवारी चालकहरुको उपस्थिति गराई कक्षा संञ्चालन भएको छ ।
चाँडबाँडको बेला यात्रा असुरक्षित हुने र यसलाई सुरक्षित गर्न सवारी तथा सवारी चालकहरुले केकस्ता भुमिका निर्वाह गर्ने भन्ने विषयमा छलफल समेत भएको छ । चाँडबाँडमा यात्रुहरुको बाढी चाप हुने र सवारी चालकहरुले लापर्वाही यात्रु ओसार पसार गर्नाले दुर्घटनाको कारण बन्दै गएको भन्दै यसलाई नियन्त्रण गर्न र सफल यात्राको गर्न यात्रु तथा चालकले संयन्ता अपनाउनु पर्ने बोहोराको भनाई छ ।
बिषेश गरी यात्रुहरुलाई पर्ने कुनै पनि समस्याको सामाधानमा ट्राफिक प्रहरी र प्रहरी तत्कालका लागि यात्रु सहायता कक्ष संञ्चालनमा ल्याइएको ट्राफिक प्रमुख लिलाराज श्रेष्ठले बताउनुभयो । उहाँले सहायता कक्षमा बिषेशगरी यात्रुहरुको चहलपहलको समय र अन्य कुनै पनि समय एक जना ट्राफिक प्रहरी र प्रहरी खटाईने बताउनुभयो । यस बेला कुनै पनि यात्रुहरु ठगिने समस्यामा पर्ने र आपत विपत्तमा पर्ने भएकाले यस कक्षाको अति आवश्यक रहेको श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठले यदि कुनै पनि समयमा भाडाँमा ठगिए, चालकहरुले गलत व्यवहार गरे, ट्राफिक नियम उलंघन गरेमा ट्राफिक प्रहरी र प्रहरीलाई तत्काल सम्पर्क गरी जानकारी गराउन सकिने पनि उहाँले बताउनुभायो ।
नजिकिएको वडादशैँ, तिहार तथा छैठको सुखद उपलक्षमा यात्रु तथा चालक, यातायात व्यवसायीहरुमा शुभकमना व्यक्त गर्दै सहायता कक्ष उद्घाटन तथा संञ्चालनमा आएको छ ।
