Wednesday, June 3News That Matters

त्रियुगा रजत महोत्सवमा प्रथम मेयर स्व. लालशेर राईलाई मरोपरान्त सम्मान तथा सम्झना

पूर्णपुष्टि, चैत्र १३
त्रियुगा रजत महोत्सवको अवसरमा त्रियुगा नगरपालिकाको प्रथम मेयर स्व. लालशेर राईप्रति उच्च सम्मान तथा सम्झना व्यक्त गरिएको छ । त्रियुगा नगरपालिका २५ औँ बर्ष पार गरेको भन्दै उक्त स्थापनाको जन्मजयन्तीको अवसरमा स्व. लालशेर राईलाई सम्मान गरिएको हो ।

महोत्सवमा त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीले नगरपालिका प्रति उहाँको संघर्ष, विकास र योगदानको कदर गरेका थिए । आज त्यो बेलाको नगरपालिका २५ बर्षपछि जनताको ठुलो सेवाको आस्था बन्न सफल भएको भन्दै लालशेर राई प्रति उच्च सम्मान व्यक्त गरिएको हो ।

त्रियुगा नगरपालिकाको प्रथम मेयर स्व. लालशेर राई

महोत्सवको समापन कार्यक्रमको बक्ताहरु, मान वहादुर राई, प्रकाश खड्का, देवी कुमारी चौधरी, गिता खड्का लगायत अन्य वक्ताहरुले स्व. लालशेर राईको नगरपालिका र नगरवासीहरुमा पुराएको योगदान बारे चर्चा गरेका थिए । त्रियुगा नगरपालिका २५ औँ बर्षको अवसरमा सजत महोत्वले स्व. लालशेर राईलाई मरोपरान्त सम्मान गरेका थिए । सम्मान पत्र स्व. लालशेर राईको कान्छो छोरा समिप राईलाई प्रदान गरिएको थियो ।