Thursday, May 21News That Matters

त्रियुगा सानाशहरी खानेपानी निर्वाचनका लागि कुन उम्मेदवारले के चुनाव चिन्ह पाए ?

पूर्णपुष्टि, २६ माघ ।
त्रियुगा सानाशहरी खानेपानी उपभोक्ता समिति निर्वाचनको लागि उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको छ । निर्वाचन समितिका संयोजक उज्जल सुवेदीका अनुसार चुनावका लागि भाग लिएका बिभिन्न उम्मेदवारहरुलाई १३ ओटा चुनाव चिन्ह प्रदान गरिएको हो । चुनावमा अध्यक्षका लागि २ जना उपाध्यक्षका लागि २ जना र कोषाध्यक्षका लागि दुई जनाले चुनाव लड्ने छ ।

जस मध्ये अध्यक्ष पदका उम्मेदवार संकर बस्नेतले कल चुनाव चिन्ह पाएको छ चजे अर्का अध्यक्षको उम्मेदवार ओम बहादुर खड्काले धाराको टुटी चुनाव चिन्ह पाएको छ । यस्तै उपाध्यक्ष पदका उम्मेदवारले भ्यागुता चुनाव चिन्ह पाएको छ भने उर्को उम्मेदवार निगम कुमार कोईरालाले माछा चुनाव चिन्ह पाएको छ । यस्तैगरी कोषाध्यक्ष पदको उम्मेदवार रेवती रमण गेलालले मुसा चुनाव चिन्ह पाएको छ भने अर्को उम्मेदवार नविन राईले गंगटा चुनाव पाएको छ । यता सदस्य पदको उम्मेदवारहरु निर कुमार राईले नाला, भविन्द्र खत्रीले सर्प, रिता आछामीले गिलास, कृष्ण कुमारी राईले मुडाँ, जित बहादुर बरालले मान्छे, नर्मदा खत्रीले गैँडा र डिल्ली नारायण श्रेष्ठले जार चुनाव चिन्ह पाएको छ । चुनाव यहि फागुन २१ गते हुने भएको छ ।