
पूर्णपुष्टि, २ फागुन ।
त्रियुगा नगरपालिका वडा नं २ मा माओवादी केन्द्रले वडा सम्मेलन सम्पन्न गरेको छ । २९ औँ जनयुद्ध दिवसको अवसर सँगै पार्टीले दोश्रो वडा सम्मेलन पनि सम्पन्न गरेको हो । दिवसको अवसरमा शुभकामना आदानप्रदान सँगै सम्मेला सम्पन्न गरेको पार्टीका त्रियुगा नगर अध्यक्ष मान वहादुर राईले जनाए ।
पार्टीका प्रदेश सदस्य तथा त्रियुगा नगर ईन्चार्ज विमल किराँतीको प्रमुख आतिथ्यतामा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको अध्यक्ष राईको भनाई छ । ।जगत ब. सार्कीको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी निर्वाचित गरेको छ । यस्तै रुक्मिणा खडकाको अध्यक्षतामा ९ सदस्यीय अनेम संघ (क्रान्तिकारी) र दल बहादुर रम्तेलको अध्यक्षतामा ९ सदस्यीय नेपाल दलित राष्ट्रिय मुक्ति मोर्चा समेत गठन भएको छ । निर्वाचित सबै नेतृत्वहरुलाई प्रमुख अतिथि किराती र नगर अध्यक्ष राई लगायतले हार्दिक बधाई व्यक्त गरेको छ ।

