Wednesday, June 10News That Matters

त्रियुगा ७ मा एमाले बिजयी

पूर्णपुष्टि, जेष्ठ १५
त्रियुगा नगरपालिका वडा नं ७ मा एमालेका वडाअध्यक्ष उम्मेदवार बिजयी बनेका छन् । यस वडामा एमालेका उम्मेदवार अम्वर बहादुर दनुवारले ११०७ मत ल्याई बिजयी बनेको हो । दनुवारले नेपाली कांग्रेसका उम्मेदवार गम्भीर बहादुर पांगलटारेलाई हाराउँदै वडाअध्यक्षमा बिजयी बनेको हो । पांगलटारेले ८६८ मत मात्र ल्याएका थिए भने माओवादीका मनोज कुमार पौडेलले ५९५ मत पाएका थिए । त्यस्तै खुल्ला वडा सदस्यहरुमा पनि एमालेका खेम वहादुर राउत र प्रेम कार्की बिजयी बने । राउतले ९८४ मत ल्याए भने कार्कीले ९८० मत ल्याए । यस्तैगरी महिला सदस्यमा पनि एमालेका हिरा कुमारी थापाले ११३८ मत ल्याएर बिजयी बनिन् ।