
पूर्णपुष्टि, जेष्ठ २५
कोरोना महामारीले गर्दा उदयपुरमा निषेधाज्ञा भएको पनि एक महिना भन्दा बढी भएको छ । निषेधाज्ञाको समयमा त्रियुगा नगरपालिका–३ का गरिब तथा विपन्न १६ परिवारलाई नेपाल–भारत मैत्री संघ जिल्ला कार्य समिति उदयपुरले सोमबार राहत वितरण गरेको छ । संघले गाईघाटको मोडर्न इनिस्टच्युट अफ हेल्थ साइन्सको प्राङ्गणमा राहत वितरण गरेको हो ।
प्रति परिवार चामल १० केजी, नुन १ पोका, दाल १ केजी, खाने तेल १ पोका, दालमोट १ पोका , चिनी १ केजी, मास्क र साबुनलगायतको स्वास्थ्य सामग्रीहरू वितरण गरिएको छ ।
राहत वितरण संघको केन्द्रीय वरिष्ठ उपाध्यक्ष ई.श्री शैलेन्द्र मोहन झा, श्रीमति करुणा झा, उपाध्यक्ष खेम चन्द्र यादव,सदस्य क्रमशःश्री सत्य नरायण झा,बाल कृष्ण भट्टराई ,सनम राई लगायतले राहत वितरण गरेका थिए ।

