
पूर्णपुष्टि २६ बैशाख ।
पछिल्लो समय कृषकहरुको उत्पादन बिषयुक्त बन्दै गएको अवस्था छ । कृषकहरुले उत्पादन गरेको बालीहरुमा बिभिन्न किसिमको मल र माटोका कारण उत्पादन खराब हुँदै गएको अवस्था छ । कृषि बिज्ञहरुका अनुसार रसायीनक मलहरुका कारण किषानहरुको माटो बिग्रदो अवस्थामा गएको र उत्पादन पनि विष बन्दै गएको हो । बढी उत्पादन गर्न कडा किसिमको मल लगाउनाले बालि र माटोमा खराब आउँदो क्रम बढी छ । मातृमूमि कृषि सामाग्रि उद्योग चितवनका माटो बिषेश बिष्णु प्रसाद चापाईगाईले बाली र माटो सुधार गर्न स्थानीय रैथाने मलहरुको प्रयोग गर्नु पर्ने जनाए । उनले स्थानीय स्तरमै बनाईएको लोकल अर्गानिक मल प्रयोग गरे बाली सप्रिनुका साथै खान्की पनि स्वास्थ्य हुने चापागाईको भनाई छ ।

माटोको सुधार र बालीको सुधार गर्ने भन्दै हाम्रो कृषि अर्गानिक तथा कुषि सामाग्री उद्योग र नेचुरल बहुदेश्यीय संस्था लिको संयुक्र आयोजना साथै मातृभुमि कृषि सामाग्री उद्योग चितवन र त्रियुगा नगरपालिका वडा नं ७ को प्राविधिक सहयोगमा दुई दिने माटो परिक्षण सिविर संञ्चालन भएको छ । उक्त सिविर त्रियुगा नगरपालिका ४ बगाहामा २५ गते मंगलबार र २६ गते बुधबार त्रियुगा नगरपालिका ७ चुहाडेमा उक्त सिविर संञ्चालन थियो । सिविरमा १०५ जना कृषकहरुले माटो परिक्षण गरेको छ । माटो परिक्षणले कृषकहमा चेतना थपेको आयोजकले जनाएको छ । मातृभुमि कृषि उद्योगले आफ्नै स्थानीय स्तरमा आर्गनिक मलको उत्पादन गर्दै आएको छ ।

मल र माटोबारे जानकारी सहित माटो परिक्षण गरिएको हो । उद्योगले माटोलाई आवश्यक पर्ने सबैखाले तत्वहरु मिसावट गरी मल उत्पादन गरिएको संञ्चालकका एक सदस्य देव कुमार राईले जनाए । उनले स्थानीय स्तरमै प्राप्त हुने गोबर, खरानी, सोत्तर लगायतका सामाग्रीबाट मल उत्पादन गरिएको जनाए । कृषकहरुले माटो परिक्षण पश्चात बाली उ्रत्पादनका लागि ज्ञान बढेको जनाए । पहिले आफुहरुलाई माटोकै कारण बाली खराब भएको कुरा पत्ता नभएको जनाए । अब भने माटोको अवस्था थाहा भयो । सोही अनुसार माटोको सुधरा र बलिका उद्धार गर्नेर्छौ, कृषकहरुले भने ।

माटो परिक्षणले कृषकहरुको जमिन खराब भैसकेको परिणाम देखाउँछ । माटोलाई आवश्यक तत्वहरु पिएच, नाईट्रोजन, पस्फोरस र पोटासियम हुन् । यनिहरु सबैको परिणाम चिन्ताजनक रहेको पाईएको छ । माटोको पिएच साधारण छ भने नाईट्रोजन पस्फोरस र पोटास प्राय सबैजसो लो क्वालीटीको देखिएको छ । यस माटो परिक्षणले कृषकहरुलाई बाली र माटो दुवैको सुधारमा सहयोग पुराउने र आगामी बालीहरु सप्रियर जानेमा सहयोग पुराउने काम गरेको नेचुरल बहुदेश्यीय सहकारी संस्थाका सचिव दिपेन्द्र श्रेष्ठले बताए । यस सहकारीले हाम्रो कृषि अर्गानिक उद्योगकका मललाई बजार व्यवस्थापनमा समन्वय गरेको छ ।

