
पूर्णपुष्टि, चैत १३
उदयपुरको त्रियुगा नगरपालिका–१० रातमाटेका भवकुमारी न्यौपानेको घरमा आगलागी हुदा १८ लाख बराबरको क्षती भएको छ ।
विहानको राती करिब साढे २ बजे काठ, टायलको छानो भएको दुई तले घरमा विद्युत सर्ट भई आगलागी भएको प्रहीले जनाएको छ । घरमा आगलागी भएको सुचना पाउनसाथ तत्काल सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय र दमकलको सहयोगमा आगो करिब ३ः५५ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आग्लागीबाट घरसहित धनमाल करिब १५ लाख बराबरको क्षती भएको छ भने घरमा रहेको रातमाटे टोल विकास समितिको दराज, टेवुल र कुर्सी करिब तीन लाख बराबरको जलेर क्षती भएको प्रहरीले अनुमान गरेको छ ।
आगलागीबाट मानविय र पशुचौपाय भने क्षती नभएको प्रहरीले जनाएको छ ।
