Wednesday, April 29News That Matters

त्रियुगामा भोली बिहान देखी विद्युत अवरुद्ध हुने

पूर्णपुष्टि, बैशाख १२ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा भोली (शनिबार) बिहान देखी बेलुका सम्म विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्रले एक सुचना जारी गर्दै बिहान ८ बजेदेखी बेलुका ४ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी दिएको हो ।

सुचनामा भनिएको छ ‘उदयपुर वितरण केन्द्र अन्तर्गतको ११ के.भी. गाईघाट फिडर, जोगिदह भिडर, चुहाडे फिडर अन्तर्गतका स्थानहरु जलजले, देउरी, बगाहा, दमौटी, मोतिगडा, हडिया, बोक्से, गाईघाट बजार, असारी, राजावास, चुहाडे, साउने, रानिबास  लगायतका क्षेत्रहरुमा लाईन संरचनामा परेका रुख विरुवाका हाँगाबिँगाहरु काटछाट गर्नु पर्ने भएकोले विद्युत अवरुद्ध रहनेछ ।’ उल्लेखित समय अगावै कार्य सम्पन्न भएमा सोही अनुसार लाईन सुचारु हुने समेत प्राधिकरणले जनाएको छ ।