
पूर्णपुष्टि, बैशाख १९
त्रियुगा नगरपालिकामा मुख्य प्रतिष्पर्धीमा देखिएका माओवादी र एकिकृत समाजवादीको गठबन्धन, एमाले र नेपाली काग्रेसको उम्मेदवार घरदैलौ कायक्रममा व्यस्त देखिएका छन् ।
माओवादी र एकिकृत समाजवादीको दुई दलिय गठबन्धनले नगरपालिका भित्रका वडा नं. १ देखी ७ सम्म घरदैलो कार्यक्रम सञ्चालन गरिसकेको छ । गठबनधनले जनताको घर सम्म पुगेर आफ्नो चुनावी एजेन्डा र प्रतिवद्धता पत्रसहित भोट मागिरहेको छ । मेयर, उपमेयर पदका उम्मेदवार सहित सम्बन्धित वडाका उम्मेदवार सहित मतदाताकामा जाने गरेको छ । साथै गठबन्धनले ठाउँठाउँमा सभासमेत गरिरहेको छ । दुई दलिय गठबन्धन त्रियुगा नगरपालिकामा मुख्य प्रतिष्पर्धीको रुपमा देखिएको छ । मतदाताहरुलाई आफ्नो पक्षमा पार्न नेपाली काग्रेसले आमसभासहित घरदैलो गरिरहेको छ ।
नेपाली काग्रेसले पनि नगरको १ देखि ६ नं. वडा भित्र घरदैलो गरिसकेको छ यस्तै बाकि वडामा समेत प्रचारप्रसार गर्ने तयारी गरिरहेको छ ।
ने.क.पा. एमाले पनि चुनाव प्रचारमा सक्रिय देखिएको छ । एमालेले मतदातासम्म आफ्ना एजेन्डा पुर्याउन आमसभासहित घरदैलो कार्यक्रम गरिरहेको छ ।
त्रियुगा नगरपालिकामा त्रिकोणत्मक प्रतिष्पर्धा देखिएको छ । मतदान गर्ने दिन नजिकीएसँगै मुख्य प्रतिष्पर्धीदल मतदातालाई आफ्नो पक्षमा पार्न दिनरात नभनी कार्यक्रममा व्यस्त हुन थालेका छन् । यो नगरपालिकामा आफ्नो पक्षमा चुनावी नतिजा ल्याउने भनी मुख्य दलहरु चुनावी प्रचारप्रसारमा देखिएपनी साना दल भने निष्क्रिय देखिएका छन् ।
