
पूर्णपुष्टि, वैशाख ६ गते ।
त्रियुगा नगरपालिकामा मेयर पदको लागि नेकपा माओबादी केन्द्रले ४ जनालाई सिफारीस गरेको छ । वैशाख ५ गते बसेको नगसमितीको बैठकले अजिता कार्की खड्का, किरण राई , रुद्र अधिकारी र मान बहादुर राईको नाम मेयर पदको लागि सिफारिस गरेको हो ।
सिफारीस भएका मध्ये अजिता कार्की नगर अध्यक्ष हुन्, भने किरण राई जिल्ला सचिब हुन् । रुद्र अधिकारी जिल्ला सदस्य हुन् । यस्त,ै मान बहादुर राई १६ नम्बर क निर्वाचित वडाध्यक्ष हुन् । यस्तै, उप–प्रमुखमा साबित्रा थापाको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रले सत्ता गठबन्धन बिच चुनावी तालमेल नभएपनी एक्लै चुनाब जित्ने भन्दै अभियान सञ्चालन गर्दै आएको छ । साथै माओबादीले एक्लै चुनाब लडेर पनि त्रियुगा नगर जित्ने दाबी गर्दै आएको छ ।
