Monday, April 20News That Matters

थप १ जना कोरोना संक्रमित बाट मृत्यु नेपालमा मेर्नेको संख्या ६ पग्यो

पूणर्पुष्टि, जेष्ठ, १६

कोरोना संक्रमणबाट थप १ जनाको नेपालमा मृत्यु भएको छ । यो सहित नेपालमा संक्रमण बाट मेर्नेको संख्या ६ पुगेको छ ।  भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

यी युवा कोरोना बाट नेपालमा मर्ने छैँटौ व्यक्ति हो ।  बिहीबार नै कोरोना भएको पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने शुक्रबार मात्रै औपचारिक रुपमा कोरोनाले मृत्यु भएको घोषणा गरेको छ ।

घर फर्किने क्रममा मृत्यु भएका युवकको शवलाई उनको आफन्तले सन्धिखर्क्स्थित गच्चे भन्ने स्थानमा गाडेका थिए । यही जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका (९ का एक युवकको बाटोमै  मृत्यु भएको थियो । भैरहवाको प्रयोगशालमा स्वाब परीक्षण गर्दा बिहीबार मात्रै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।