Friday, June 26News That Matters

थप १ जना कोरोना संक्रमितको मृत्यु

पूर्णपुष्टि, जेठ ३२ गते । 

गुल्मीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रेसुंगा नगरपालिकाको आइसोलेसनमा उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको गत राति मृत्यु भएको रेसुंगा नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।

गत जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएपछि रेसुंगा नगरपालिकाको आइसोलेशनमा राखेर उपचार भैरहेको थियो । क्यान्सर रोगले पीडित पुरुषको स्वास्थ्य अवस्था गम्भीर थियो ।

शवलाई राति नै नेपाली सेनाको सहयोगमा व्वस्थापन गरिएको पनि स्वास्थ्य शाखाले जनाएको छ । गुल्मीको मदाने गाउँपालिका–६ का एक शिक्षकको पनि कोरोनाका कारण उपचारको क्रममा मृत्यु भएको थियो ।