
पूर्णपुष्टि, असार २०
गोरखा अस्पतालको आइसोलेसनमा उचाररत एक जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमण देखिएपछि अस्पतालको आइसोलेसनमा उपचार गराईरहेका ४४ वर्षीय एक पुरुषको मृत्यु भएको जिल्ला अस्पताल गोरखाले प्रेस विज्ञप्ति जारी गर्दै पुष्टि गरेको हो ।
पालुङटार नगरपालिका–७ निवासी उनी मङ्गलबार मात्र कतारबाट नेपाल फर्कनुभएको थियो । मधुमेह, उच्च रक्तचापलगायतका दीर्घरोगीसमेत रहेका उनी गाह्रो भएपछि शुक्रबार राति १० बजे जिल्ला अस्पतालको आइसोलेसनमा ल्याइएको थियो ।
उपचारको क्रममा शनिबार बिहान ५ बजे उनको मृत्यु भएको जिल्ला अस्पताल गोरखाले जनाएको छ । उनको १८ गते स्वाव सङ्कलन गरी पठाइएकोमा १९ गते रिपोर्ट पोजिटिभ आएको थियो ।
