
पूर्णपुष्टि, जेठ ८ गते ।
गुल्मीको एक कोरोना संक्रमित पुरुषको आज मृत्यु भएको छ । रुपन्देहीको मणिग्राममा उपचाररत गुल्मीका कोरोना संक्रमित विहान मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका गुल्मीको मदाने गाउँपालिकाको ४१ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
टाइफाइड कमलपित्त र मिर्गाैला रोगबाट ग्रस्त थियो । गत जेठ १ गते अस्पताल भर्ना भएका उनको २ गते स्वाब परीक्षणपछि कोरोना पुष्टि भएको थियो ।
