
पूर्णपुष्टि, जेठ ४ गते ।
नेपालमा थप १० जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप १० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
रौतहट राजपुर नगरपालिका फरहदवा–९ का ७ जना र इशनाथ नगरपालिका–३ का तीन जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको छ भने ३६ जना उपचारपछि निको भएको छ । कोरोना भाईरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

