
पूर्णपुष्टि, साउन १
नेपालमा थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मन्त्रालयले जनाएको छ ।
उक्त संक्रमितमध्ये आज थप २ सय १३ जना उचारपछि निको भएको छ । योसँगै निको हुनेको संख्या ११ हजार २ सय ४९ पुगेको छ । अहिले देशभरिका आईसोलेसनहरुमा ६ हजार ५६ विरामी उचाररत छन् ।
कुल सङ्क्रमितमध्ये ६४ दशमलव ८५ प्रतिशत सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । भोजपुर, सङ्खुवासभा, मनाङ, मुस्ताङ र हुम्लामा सक्रिय सङ्क्रमित नरहेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणबाट ३९ जनाको मृत्यु भएको छ ।
