
पूर्णपुष्टि, जेठ २६ गते ।
चितवनमा दुई जना चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरको कोरोना परीक्षण प्रयोगशालामा गरिएको नमूना परीक्षणमा २० जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
उक्त संक्रमित मध्ये १७ जना चितवनको हो भने तीन जना नवलपरासीको रहेको जनाईएको छ । संक्रमित दुई जना चिकित्सक भरतपुरको एक निजी अस्पतालमा काम गर्ने चिकित्सक भएको जनाइएको छ ।
