
पूर्णपुष्टि, जेठ ९ गते ।
आज थप २१ जना नेपालगञ्जका कोरोना संक्रमितहरु उपचारपछि निको भएर घर फर्किएका छन् । बाँकेको खजुरामा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत १२ पुरुष र ९ जना महिला उपचारपछि निको भएर घर फिर्किएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमण उपचारपछि निको हुने ७० पुगेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका– ७ मा पहिलो संक्रमण फेला परेको ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २१ जनालाई कोरोना संक्रमित उपचारपछि निको भएपछि घर पठाइएको भेरी अस्पतालले जनाएको छ ।
अहिले अस्पतालमा बाँकी ६ जनाको उपचार भइरहेको जनाईएको छ ।
