
पूर्णपुष्टि, बैशाख १७ गते ।
आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको रिर्पोट पोजेटिभ आएको हो ।
संक्रमित ३१, ४३ र ४५ वर्षीय पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ती तीनै जना भारतबाट नेपाल आएर क्वरेन्टीनमा रहेका व्यक्ति भएको जनाईएको छ । संक्रमितसँग सम्पर्कमा रहेकाहरुको कण्ट्याक्ट ट्रेसिङ भइरहेको जनाएको छ ।
आज थप तीन जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ५७ पुगेको छ भने १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
