
उदयपुर, पुस १२ गते ।
उदयपुरमा थारुहट थरुवान राष्ट्रिय महिला सम्मेलन सुरु भएको छ । त्रियुगा नगरपालिका–१ जेगीदहमा दुई दिने महिला सम्मेनल शनिबारदेखि सुरु भएको हो ।
थारुहट थारुवान राष्ट्रिय महिला सम्मेलन तयारी समितिको आयोजनामा “थारुहट थारुवान स्वायत्त प्रदेश अधिकारको लागि संविधान संशोधन, थरुहट थरुवान एकता र सशक्त आन्दोलनको लागि महिला सम्मेलन” भन्ने मुल नाराको साथ सम्मेलन सुरु भएको छ ।
थारुको हक अधिकारको विषयमा संविधानमा संशोधन गर्नु पर्ने र स्वयत्त थारुवान प्रदेश हुनु पर्ने जिल्ला संयोजक अम्बिकाकुमारी चौधरीले बताईन् । थारुको हक अधिकारका लागि एकताबद्ध गरी अगाडी बढ्नका लागि सम्मेलन गरेको उनले बताईन् ।
कार्यक्रमको सभापतित्व जिल्ला संयोजक अम्बिकाकुमारी चौधरी, प्रमुअ अतिथि थारुहट थारुवान राष्ट्रिय महिला संघर्ष समितिको अध्यक्ष लक्ष्मण थारु ,बिशिष्ठ अतिथि केन्द्रिय सल्लाहकार राजकुमार लेखी, सुरेन्द्र थारु केन्द्रिय महासचिव तुलसी चौधरी र अतिथि त्रिनपाका उपप्रमुख देबिकुमारी चौधरी लगायतका आतिथ्यता रहेको थियो ।
