Tuesday, May 5News That Matters

थुनुवा भेट्न आएका एक जना लागु औषधसहित पक्राउ

झापा, साउन २२ गते ।

झापाको एक ईलाका प्रहरी कार्यालयमा रहेको थुनुवा भेट्न आएका एक जनालाई लागु औषध सहित पक्राउ परेको छ । ईलाका प्रहरी कार्यालय अनारमनीमा राखिएका थुनुवा भेट्न आएका विर्तामोड नगरपालिका – १ निबासी १४ वर्षीय विशाल शाक्य लागु औषध सहित पक्राउ परेको हो ।

गतराती पौने ९ बजे हिरासतमा रहेका बजरजस्ति करणी मुद्धाका थुुनुवालाई भेटन् आएका शाक्यको साथबाट ब्लेड १ थान, ब्राउन सुगर ०.१७ मिलिग्राम, गाँजा ०.६९ मिलिग्राम फेला पारेको प्रहरीले जनाएको छ ।

पक्राउ परेको शाक्यलाई उक्त कार्यालयमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।