
पूर्णपुष्टि, फागनु २८ । नेपालको टप र्यालीटी सो द भ्वाईस अफ नेपालमा उदयपुरबाट अर्को प्रतिभा प्रवेश गरेकी छिन् । जिल्लाको बिकट ठाउँ रौतामाई गाउँपालिका ३ मझौकी १४ बर्षिया संगिता विश्वकर्मा द भ्वाईस अफ नेपाल सिजन २ ब्लाईड राउण्ड पार गर्दै ब्याटल राउन्डको यात्रा तय गरेकी छिन् । उनले उर्गेन दोङको तिमि आउने भन्ने गित भ्वाईको स्टेजमा प्रस्तुत गरेकी थिईन् । अन्तिम सम्ममा उनले कोचहरुको मन जित्दै तिन ओटा चियर घुमाउन सफल भएकी थिईन् । उनको स्वर मनपराएर प्रमोद, सुसान्त र प्रविशाले चियर टर्न गरेका थिए । उनिले कोच प्रविशालाई छानेकी छिन् ।
