Friday, May 22News That Matters

दलित युवा हत्याको विरोध गर्दै काठमाण्डौँमा प्रदर्शन

पूर्णपुष्टि, जेष्ठ, १३

गत शनिबार पश्चिम रुकुमको चौरजहारीमा जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका नवराज विकको हत्या भएको भन्दै नेपाल दलित विद्यार्थी संघले काठमाडौँको माइतीघर मण्डलामा मंगलबार विरोध प्रदर्शन गरेको छ ।

अन्तर जातिय बिवाहको निहुमा स्थानीय गाउँलेहरुबाट युवाको हत्या भएको भन्दै संघले आज चर्को बिरोध गरेको हो । प्लेकार्ड बोकेका प्रदर्शनकारीहरूले दोषीलाई कडा कारबाही गर्न र राजनीतिक आडमा घटनालाई नछाड्न माग गरेका छन् ।

नेपाली समाज आज यो अवस्थामा आइपुग्दा पनि जातिय भेदभावको क्रुर सोँच बाट अझै पर जान सकेन । दलित भएकै करण नवराज विकले प्रेमको परिक्षामा मृत्युको नतिजा दिनु पर्यो । नेपाली समाजमा कोहि तेस्ता व्यक्तिह र समाजहरुले अझै पनि यस्तो हर्कतको धारणहरु राख्ने गरेको यो घटना बाट स्पटै पार्न सकिन्छ ।

एउटा गाउँनै यस्तो अपराधमा लाग्न नेपाली समाजको ठुलो समस्या हो । सोही घटनामा परेको अन्य ३ जना भने बेपत्ता छन् । प्रेम सम्बन्धमा रहेकी प्रेमिकासँग बिहे गर्न गएका बेला विकको हत्या भएको बताइएको छ ।

मंगलबार संसद बैठकमा पनि सांम्सदहरुले यो घटनाको निष्पक्ष छानविन र दोषिलाई कडा कार्वाहिको माग गरेका छन् । यता विभिन्न संघ–संस्थाहरूले गम्भीर अमानवीय घटना भएको भन्दै दोषीमाथि कारबाही गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् ।