
पूणर्पुष्टि, जेष्ठ, १५
दाङ र कपिल वस्तुमा थप ११ जना कोरोना संक्रमित पुष्टि भएको छ । कपिलवस्तुमा ९ जना र दाङमा २ जना गरी ११ जना बिहिबार बेलुका कोरोना पुष्टि भएको हो । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार गरिएको पिसिआर परीक्षणमा ११ जनामा रिपोर्ट पोजेटिभ देखिएको उपकुलपति डा. संगीता भण्डारीले जानकारी दिनुभयो ।
उनीहरू छिमेकी देश भारतबाट आएपछि स्थानीय क्वारेन्टिनमा बसेका थिए । संक्रमितमध्ये दाङको गढवा गाउँपालिका वडा नं. १ का २८ वर्षीय पुरूष र गढवा २ मा ४१ वर्षीय अर्का एक पुरूषमा कोरोना संक्रमण देखिएको छ । प्रतिष्ठानको रिपोर्ट अनुसार कपिलस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं. ३ का २३ र ३० वर्षका पुरूष, वडा नं. ५ का २६ वर्षीय एक पुरूष र वडा नं. ७ का १७, ३७,३९,४०,४३ र ५२ वर्षीय पुरूषमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
बिहिबार बिहान मात्रै नेपालमा १५६ जना संक्रमित फेला परेको थियो यो सँगै १६७ जना नेपालमा पहिलो पटक एकै दिन कोरोनो संक्रमित फेला परेको हो । हाल नेपालमा संक्रमितको संख्या १ हजार ५३ पुगेको छ ।
