Sunday, June 14News That Matters

दाङको देउखुरीमा बस दुर्घटना, एक महिलाको मृत्यु २३ जना घाईते

पूर्णपुष्टि,जेठ ५ । दाङको देउखुरीमा दुई बस ठोक्एिर दुर्घटना भएको छ । शुक्रबार बिहान पौने ७ बजेको समयमा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने २३ जना घाईते भएका छन् ।

दुर्घटनामा मृत्युहुने रोल्पा रुन्टीगढी–९ कि २४ वर्षीया शोभा परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको । दुर्घटनामा उनका दुई छोरासहित २३ जना घाइते भएको र घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए । उनका अनुसार लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा ठोक्किएर दुर्घटना भएको हो ।

गम्भीर घाइतेहरूमध्ये ७ जनालाई भैरहवा, ३ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र २ जनालाई नेपालगञ्ज रिफर गरिएको छ । अन्य घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।