Saturday, May 16News That Matters

दाङमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार १०

आज दाङमा थप ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

बङ्गलाचुली गाउँपालिका २ का ४२ जना र घोराही उपमहानगरपालिकाका ३४ जना रहेको जनाईएको छ । बङ्गलाचुली गाउँपालिकामा ५ वर्षीय बालक र ७ वर्षीया बालिकामा समेत कोरोना सङ्क्रमण देखिएको छ ।

त्यसैगरी घोराही उपमहानगरपालिका १ मा  २५ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु हर्नोक क्वरेण्टीनका रहेकाहरु हुन् । त्यस्तै घोराही ४ का चार जना, घोराही ५ का चार जना र घोराही १५ का एक जनामा कोरोना सङ्क्रमण देखिएको हो । उनीहरु पाँच वर्षदेखि ५७ वर्षसम्म रहेका छन् ।

यसैगरी प्युठानमा थप १० जनामा कोरोना सङ्क्रमण देखिएको छ । उनीहरु प्युठानको माण्डवी गाउँपालिका १ का दुई जना, २ का तीन जना, ३ का दुई जना, ४ का दुई जना र ७ का एक जना रहेका छन् ।