
मिलन परियार
लिम्चुङ्बुङ /चैत २६
लकडाउनका कारण दाना नपाउने र ढुवानी नहुने भएपछि कुखुरा फर्महरुमा असर पर्नुका साथै कुखुरा व्यवसायीहरुको विचल्ली भएको छ । दानाकै कारण फस्टाउने ब्रोइलर दाना ढुवानी नभएपछि व्यवसायी कुखुरा फर्मका किसानहरु यतिवेला चिन्तामा छ ।
उदयपुरको लिम्चुङ्बुङ गाउँपालिकाका कुखुरा व्यवसायीहरुलाई बिश्व माहामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरस कोबिड १९ ले व्यवसायमा प्रत्यक्ष असर पारेको कृषकहरु बताउँछन् । व्यवसायीहरुले यतिवेला घाटा व्यहोर्नु परेको गुनासो सुनाउँदै आफहरुमा यसले ठुलो चिन्ता बनाएको समेत बताएका छन् ।
पालिकाको बिभिन्न ठाउँहरु जाँते, बास्बोटे , बाराहा , बलम्ता , ताम्लिछा, हिम्मा , टोडके , चौलाने , ढुकुरथुम , खोस्टुङ लगएतका स्थानहरुमा व्यवसायीक रुपमा ब्रोइलर तथा गिरिराज कुखुरा पालन गरिदै आएका छन् । तर अहिले ढवानीका लागि साधन नपाउँदा कुखुराहरुको बिजोग भएको छ । केहि दिन सापटी दाना ल्याएर कुखुरालाई बचाएपनि पछि थप लकडाउको कारण भने कुखुरा बचाउन समस्या परेको जाँतेका कुखुरा व्यवसायी नैन बहादुर बुढाथोकीले बताउनुभयो ।
अत्यावश्यक खाधान्न लगाएतका सामाग्री ढुवानी गर्नका लागि लिम्चुङ्बुङ गाउँकार्यपालिले सिफारिस गर्ने र जिल्ला प्रसासन कार्यलय उदयपुरले त्यस्ता साधनलाई पास दिने निर्णय गरेपनी ट्याक्टर ब्याबसायहरुले सहज रुपले सामान ढुवानी नगर्दिदा दाना अभाव भएको बुढाथोकीले बताउनुभयो ।
यहि चैत १४ गते प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीको अध्यक्षतामा बसेको कमान्ड पोस्टको बैठकले खाधान्न लगाएतको अत्यावश्यक बस्तुको अभाव हुन नदिन किनमेल , आपूर्ति , ढुवानी र बिक्री बितरण लाई सुरक्षा निकाय र सम्बन्धित निकायहरुले समन्वयात्मक रूपमा सहजीकरण गर्ने ब्याबस्था गर्ने निर्णय गरिसकेको छ ।
लिम्चुङ्बुङ गाउँपालिकाले कुनै पनि खाद्यान्न तथा अत्यावश्यक सामाग्री अभाव हुन नदिन ट्याक्टर लगाएतका अन्य ढुवानीका साधनहरुलाई गाउँकार्यपालिका र ईलाका प्रहरी कार्यलय बाट निरन्तर सहयोग र समन्वय भैरहेको पालिकाका म्रमुख प्रसासकिय अधिकृत टार्जन कुमार लिम्बूले जानकारी दिनुभयो । तथापी ढुवानीको अभावमा कृषकहरुभने मारमा परिरहेको कुखुरा व्यवसायी कृषकहरुको गुनासो छ ।
