Sunday, June 28News That Matters

दुइ महिला प्रहरी र १ स्वास्थ्यकर्मी संक्रमित

पूणर्पुष्टि, जेष्ठ, २७

महेन्द्रनगर स्थित वैजनाथ माध्यमिक विद्यालयको क्वारेन्टाइन सुरक्षामा खटिएका २ महिला प्रहरी असइ र हवल्दारमा कोरोना पुष्टि भएको छ ।

यता कन्चनपुर पुर्नवास नगरपालिका त्रिभुवनवस्ती स्वास्थ्य चौकीका एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि  प्रहरी खटिएको क्वारेन्टाइन सिल्ड गर्नुका साथै स्वास्थ्यकर्मी कार्यरत स्वास्थ्य चौकी र त्याहाँको काम कार्वाहि सम्पूणर् सेवा वन्द गरेको छ ।

स्वास्थ्य चौकीमा कार्यरत बाँकी स्वास्थ्यकर्मी पनि कोरोनाको उच्च जोखिममा रहेकाले सबैको पिसिआर नतिजा नआउँदासम्म स्वास्थ्यचौकीका सेवा बन्द गरेको पुनर्वास नगरपालिकाका स्वास्थ्य प्रमुख राम धामीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले थप संक्रमण हुन नदिन प्रहरी खटिएको क्वारेन्टाइन सिल गरेको बताएका छन् । , संक्रमितहरुको महाकाली अस्पतालमा उपचार भइरहेको थापाले जनाएको छ ।