Monday, July 6News That Matters

दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ४ जना पक्राउ

पूर्णपुष्टि, पुष १७ गते ।
मोरङको दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको बिराटनगर महानगरपालिका–१२ मा शनिवार अपरान्ह ४ बजे प्रहरीले लागुऔषध सहित एक जनालाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी उप–महानगरपालिका–१६ का मनिष राई रहेका छन् । उनको साथबाट प्रहरीले AVIL- 26, DIAZEPAM- 20, DIAZELAB- 5 र स्टिकर नभएको –२५ एम्फुल बरामद गरेको हो ।

त्यसैगरी बिराटनगर महानगरपालिका–१६ हुलास चौक स्थितमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको को २ ह ५१९३ नम्बरको अटोमा लागुऔषध नाईट्राभेट– ५० ट्याप्लेट सहित प्रहरीले तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालक बिराटनगर– १२ का ३३ बर्षीय महेन्द्र कामत, अटोमा सवार ईटहरी–३ का २५ बर्षीय अभिषेक परीयार र सुन्दरहरैचा–१० का २३ बर्षीय दिपेश थापा रहेका छन् । पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।