
साउन २६ गते ।
सिएमएको परिक्षामा दुई जना नक्कली परीक्षर्थी पक्राउ परेका छन् । सिटिइभिटीको सीएमए विषयको परीक्षामा अरुको परीक्षा दिने जोगेन्द्रनारायण यादव र कौशलप्रसाद साह पक्राउ परेका हुन् ।
पक्राउ पर्ने रौतहट यमुनामाई गाउँपालिका– १ जेठहरिया निबसी २२ वर्षीय यादव र गढीमाई गाउँपालिका – ६ धरमपुर निबासी साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नेशनल मेडिकल कलेजमा शनिबार संचालन भएको सिटिईभिटीको परीक्षामा अरुको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यादवले आफ्नै गाउँका छोटेलाल यादवको नाममा र शासले रमाकान्त साहको नाममा परीक्षा दिइरहेका थिए ।
