
पूर्णपुष्टि,पुष २९
उदयपुरमा हिजो र आज अत्याधिक जाडो बढेको छ । यो बर्षकै सवै भन्दा बढी चिसो मंलबार र बुधबार भएको सर्वसाधारहरुले महशुस गरेका छन् ।
चिसो अत्याधिक बढेको कारण स्थानियहरु घर–घरमै बसेका छन् । चिसोबाट बच्नका निम्ति सर्वसाधारहरुले ठाउँ–ठाउँमा आगो बालेर ताप्ने गरेका छन् ।
विगतमा वन कार्यालयले दाउरा वितरण गर्ने गरेको थियो तर अहिले गरेको छैन, सर्वसाधारले दाउरा वितरको माग गरेका छन् ।

