Monday, July 6News That Matters

दुई युवालाई छुरा हान्ने उदयपुरका निश्चल सहित ५ पक्राउ

पूर्णपुष्टि, पुष २१
काठमाण्डौँमा छुरा प्रहार गरेको आरोपमा उदयपुरका एक युवा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । काटेश्वर महादेवस्थानस्थित बागमती करिडोर सडकमा २३ र १८ वर्षका दुई युवकलाई छुरी प्रहार गरेको आरोपमा उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुरका १९ वर्षीय निश्चल राई, सिन्धुलीका अनिष मगर, कैलालीका १८ वर्षीय अनिष मगर, मनोज कुँवर, रौतहटका धिरेन्द्र यादव र ओखलढुंगाका अनिष खत्री रहेका छन् ।

उनीहरुमध्ये एक जनालाई काठमाडौं र चार जनालाई रौतहटबाट पक्राउ गरेर ल्याएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
मैनालीका अनुसार उनीहरुले पुस १६ गते बेलुका सवा ७ बजे दुइृ युवक माथि छुरा प्रहार गरेका थिए । पीडितलाई प्रहरी वृत्त, बानेश्वरले कान्तिपुर अस्पताल पुर्‍याएको थियो ।