
पूर्णपुष्टि, ६ असार ।
उदयपुरमा ट्राफिक सप्ताह २०८१ सुरु भएको छ । कोशी प्रदेश आन्तरिक मालिला तथा कानुन मन्त्रालय बिराटनगर र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटरी सुनसरीको आयोजना र जिल्ला प्रहरी कार्याललय उदयपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको सहकार्यमा सप्ताहव्यापी कार्यक्रम सुरु भएको हो । यस सप्ताहले बिषेशगरी सडक अनुसासन तथा सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्य राखेको छ । गाईघाटको पिपलचोक बाट प्रभातफेरी र्याली सहित सप्ताहको सुभारम्भ भएको जिल्ला ट्राफिक प्रहरी उदपुरका इन्चार्ज प्रहरी नायव निरीक्षक सुन्दर श्याम पोखरेलले जनाए । पोखरेलका अनुसार र्याली सहित कार्यक्रमका औपचारिक उद्घाट त्रियुगा बसपार्कमा गरी सप्ताह व्यापक सुभारम्भ भएको हो ।
सप्ताहव्यापी कार्याक्रममा दुर्घटना न्युनिकरण सम्बन्धि जनचेतना, कानुनी कार्वाही, नियमित चेकजाँच विद्यालय स्तरमा विद्यार्थीहरुको सहभागीतामा जनचेतना, ट्राफिक स्वयमसेवक जस्ता महत्वपूर्ण कार्य गर्ने पोखरेलले जनाएको छ । कार्यक्रमलाई जिल्ला प्रशासन कार्यालय, उदयपुर त्रियुगा नगरपालिका, सडक डिभिजन कार्यालय उदयपुर, शिक्षक, विद्यार्थी, ब्यपारी र संञ्चारकर्मिहरुले साथ सहयोग गर्ने भएको छ । साथै चालकहरुले दुर्घटना न्युनिकरण गर्न आफै सचेत बनि सवारी चलाउनु पर्ने भन्दै उनिहरुलाई पनि यस सप्ताहव्यापी कार्याक्रममा सहभागी हुन र ट्रापिक नियमको पालना गर्न ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय उदयपुरले हार्दिक अनुरोध समेत गरेको छ । कार्यक्रम अर्को बिहिबार समापन हुने छ । यस अबधिभर हरेक दिन बिविध कार्यक्रम गरिने छ ।

