Wednesday, May 27News That Matters

दुर्घटना न्युनिकरणलाई पहिलो प्राथामिकता दिन्छौ ः ट्राफिक इन्चार्ज खनाल

गाईघाट/फागुन, १०

सडक दुर्घटनाको बढ्दो अवस्थालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक कार्यलय उदयपुरका ट्राफिक इन्चार्ज होम प्रसाद खनालले दुर्घटना न्युनिकरणलाई प्राथामिकतामा राखेर काम गर्ने बताउनुभएको छ । धरान बाट सरुवा भएर उदयपुरमा कार्य सम्हाल्न आईपुग्नुभएको खनालले जिल्ला ट्राफिक कार्यलय उदयपुर गाईघाटमा शुक्रबारदेखी काम सम्हाल्नु भएको छ । आफ्नो कार्य सम्हाले सँगै खनालले पछिल्लो समय सडक दुर्घटना दिब्र रुपले बढेको बताउँदै दुर्घटना न्युनिकरण नै ट्राफिक प्रहरीको पहिलो काम रहेको बताउनुभयो ।

सडक दुर्घटनाको मुख्य कारण सवारी साधनको बढ्दो चाप, चालकको ट्राफिक नियम विपरित कार्यशैली र ट्राफिक कार्यलयमा जनशक्तिहरुको अभावले बढ्दो सडक दुर्घटना हुने गरेको पाईएको छ । जनशक्तिको अभावमा सवारी साधन चल्ने सबै ठाउँ ट्राफिकहरुको डिउटी नहुँदा त्यस्ता ठाउँमा दुर्घटना बढी हुने गरेको खनालले बताउनुभयो । ट्राफिक नभएको ठाउँहरुमा नियम उलंघन गरी सवारी साधन चलाउँदा दुर्घटना हुने गरेको पाइएको छ उहाँले भन्नुभयो ।

हरेक ठाउँहरुमा ट्राफिकले निगरानी गर्न नपाउँदा दुर्घटनाको गति बढ्ने र त्यस्ता ठाउँमा भएको दुर्घटनाको कारण समेत पहिचान गर्न नसकिने हुँदा अनुसन्धानमा समेत यस्को बाधा आउने बताउनुभयो । अहिले उदयपुर जिल्लाभरी २० जनाको हाराहारीमा मात्र ट्राफिक प्रहरीहरु परिचालित छन् भने जिल्लाभरी ७ ओटा मात्र ट्राफिक प्रहरी इकाइहरु छन् । जिल्लामा थुप्रै सवारी साधन चल्ने बजार र सडकहरु रहेता पनि हरेक ठाउँमा जनशक्तिको अभावमा ट्राफिक प्रहरी डिउटी गर्न सक्दैन १ जना बराबर १८ घण्टा सम्म टाफिक प्रहरीले डिउटी गर्नु पर्ने अवस्था रहेको खनालले बताउनुभयो । खनालले ट्राफिक प्रहरीलाई भौतिक पूर्वधार र जनशक्तिको अभावले पनि कम्जोरी बनाईरहेको बताउनुभयो ।

ट्राफिक प्रहरीको आफ्नै भवन समेत नहुदा भौतिक पूर्वधार र जनशक्तिहरु परिचालित गर्न समस्या रहेको बताउनुभयो ।  खनालले उदयपुरमा दुर्घटना नियन्त्रण गर्न थप विधि सहित ट्राफिक नियम बिपरित काम गर्नेहरु प्रति आफुहरु कडा परिचालन हुने बताउनुभयो । उहाँले हाइवे सडकहरुमा दुर्घटनाको जोखिम हुने भन्दै मदन भण्डारी राजमार्गमा निगरानी राख्ने बताउँनुभएको छ । उहाँले राजमार्ग तथा मुख्य बजारहरुमा ट्राफिक चिन्ह, सिसि क्यामेराको समेत प्रयोग गर्ने बताउनुभएको छ ।

दुर्घटना न्युनिकरणको प्रमुख कारण तिब्र गतिलाई ध्यान दिदै जिल्ला ट्राफिक कार्यलय उदयपुरले टाईम कार्डको व्यवस्था गर्ने खनालले बताउनुभयो । टाइम कार्डको व्यवस्थामा ठाउँ अनुसार कार्डमा टाईम राखिएको हुन्छ । टाईम भन्दा छिटो पुगेको अवस्थामा त्यो सवारी साधन कार्बाहीमा पर्ने छ ।

त्यसै गरी स्पिड नाप्ने  राडरगनको पनि प्रयोग गर्ने खनालले बताउनुभयो । यसले सवारीको गति पत्तालगाउने गर्छ । जस्ले कुन गतिमा सवारी चलाइरहेको छ भन्ने पत्ता लगाउँछ । त्यसरी तिव्र गतिमा चलाउनेलाई राडरगनको प्रयोग गरी कार्वाही गर्न सकिने उहाँले बताउनुभयो । कार्यलयले नो लाईसेन्स नो ड्राइभ नियमलाई अभियानको रुपमा बढाउँदै जथाभावी तरिकाले सवारी चलाउने क्रियाकलापलाई पनि नियन्त्रण गर्ने बताउनुभयो ।