Tuesday, April 21News That Matters

दुर्घटना न्यूनीकरण गर्न गाईघाटमा ट्राफिक सप्ताह हुँदै

पूर्णपुष्टि,असार १६ । सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उदेश्यले गाईघाटमा मंगलबार देखी ट्राफिक सप्ताह हुने भएको छ । कोशी प्रदेश अन्तर्गत रहेको १४ ओटै जिल्लामा आयोजना गरिने सप्ताह गाईघाटमा पनि बिभिन्न कार्यक्रम गरी संञ्चालन गरिने जिल्ला ट्राफि प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

‘छिटो गए भन्न सकिन्न, विस्तारै गए अवस्य पुगिन्छ, जथा भावी बाटो नकाटौ, ट्राफिक नियम पालना गरौँ’ भन्ने मूल नाराका साथ सदरमुकाम गाईघाट सँगै जिल्लाको कटारी, बेल्टार, रामपुर लगायत स्थानहरुमा यो सप्ताह संञ्चालन हुने कार्यालयले जनाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापक कार्यालय ईटहरी सुनसरीको संयुक्त आयोजनामा सबै जिल्लाहरुमा कार्यक्रम तय गरिने भएको हो ।

कार्यक्रम त्रियुगा बसपार्कबाट औपचारीक रुपमा सुरु गरी एक हप्तासम्म संञ्चालन गरिने जनाईएको छ । सप्ताह व्यापी कार्यक्रममा सवारी चालक, यात्रु, यातायात व्यवसायी, सुरक्षाकर्मी, स्थानीयवासी र यस सँग सम्बन्धित निकायका सम्पूर्णलाई सहभागीका लागि आह्वान गरिएको छ ।