
पूर्णपुष्टि, साउन १२ गते ।
मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएका मृतक परिवारलाई एसियान लाईफ कम्पनी गाईघाट शाखाले बिमा वापतको भुक्तानी प्रदान गरेको छ । बुधवार एक कार्यक्रम गरी लाहान नगरपालिका–१५ घर भएका भोजनी थरुनीकी २५ बर्षिय मृतक छोरा सजन कुमार चौधरीको परिवारलाई शाखाले बीमा भुक्तानी गरको हो ।
कम्पनीले मृतकको आमा भोजनी थरुनीलाई घरमै गएर रकम प्रदान गरेको शाखा प्रबन्धन बालकुमार राईले बताउनुभयो । चौधरीले २०७७ साउन ३२ गते सुखि जीवन सावधिक र आजिवन बिमाको योजना अन्तर्गत जीवन बिमा गरेको थियो । बिमा वापत इन्स्योरेन्स कम्पनीले पाँच लाख २५ हजार १ सय ६४ रुपैयाँ प्रादान गरेको प्रबन्धक राईले बताउनुभयो । १५ वर्षे अवधिको जीवन बिमा गरिएकोमा चौधरीले पहिलो किस्ता मात्र बुझाएको थियो । उनले पहिलो एक किस्तामा ३१ हजार ५ सय ६ रुपैयाँ मात्रै बुझाएको थियो । बाँकी किस्ता बुझाउन नपाई चौधरीको दुर्घटनामा ज्यान गएको थियो ।

चौधरीलाई कम्पनीकै पहलमा रकम उपलब्ध गराईएको प्रवन्धक राईको भनाई छ । आफैले चलाएको मोटर साईकल दुर्घटनामा परेपछि अनिवार्य लाईसेन्स चाईने राईले जनाउनुभयो । तर मृतक चौधरीको भने लाईसेन्स नभएकाले भुक्तानी गर्न समस्या रहेको थियो । मृतक चौधरीको सवारी लाईसेन्स नभएकाले कम्पनीमा कागजात पुरा नभएको अवस्था थियो ।
अन्य कम्पनीहरुले हो भने सायद नदिन पनि सक्थ्यो तर हामिले अन्तिममा सबै कुराहरु मिलाउने प्रयास पछि मृतक परिवारलाई भुक्तानी गरिउँ राईले भने ।
यसरी आफैले चलाएको मोटरसाईकलमा दुर्घना हुँदा अनिवार्य लाईसेन्स चाहिने नियम छ । यदि लाईसेन्स भएको हो भने चौधरीले विमा गरेको ठिक डवल भुक्तानी पाउने प्रावधान थियो । तर लाईसेन्सकै कारण डवल रक मभने नपाएको कम्पनीले जनाए । यी बिभिन्न समस्याका कारण पनि मृतक परिवारले ५ लाख भने पाउन सफल भए । चौधरीको साउन १ गते मोटरसाईकल दुर्घटनामा मृत्यु भएको थियो । उनको सवारी चालक अनुमती पत्र भने थिएन् ।
