Sunday, April 19News That Matters

दृष्टी विहिन विद्यार्थीहरुलाई सनलाईफ इन्सयोरेन्स गाईघाटको स्वास्थ्य सामाग्री सहयोग

पूर्णपुष्टि, ८ असोज ।
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले दृष्टि विहिन विद्यार्थीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । त्रियुगा नगरपालिका वडा नं ७ चुहाडेका जनज्योति माविका ८ जना दृष्टी विहिन विद्यार्थीहरुलाई उक्त सामगा्री प्रदान गरिएको कम्पनीका गाईघाट शाखा प्रमुख बाल कुमार राईले जनाए ।

राईका अनुसार उक्त स्वास्थ्य सामाग्रीहरु कम्पनी गाईघाट शाखाको छैँठौ बार्षिकउत्सवको अवसरमा प्रदान गरिएको जनाए । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कम्पनीको बार्षिकोत्सवमा विद्यार्थीलाई सामाग्री उपलब्ध गराउन पाउँदा कम्पनीले खुसी ब्यक्त गरेको छ । प्रमुख राईका अनुसार सामाग्री कम्पनीका गाईघाट शाखा मार्केटिङ मेनेजर महेन्द्र राई, बजार संयोजक देबिका राई, चन्द्रकला राई, अभिकर्ताहरु र विद्यालयका तर्फबाट व्यवस्थापन समितिका अध्यक्ष लगायत पदाधिकारी सँगै शिक्षकहरुको उपस्थितिमा प्रदान गरिएको हो ।