
पूर्णपुष्टि, फागुन १४
त्रियुगा नगरपालिका ५ नं वडा देउरीमामा भएको दोस्रो वडाअध्यक्ष कपको उपाथी आयोजक टिमले नै हात पारेको छ । फानईल खेलको अर्का प्रतिस्पर्धि टिम नमुना युवा क्लव कुमारी चोकलाई ३–२ को अन्तरले पराजित गर्दै कपको उपाधी प्रकृति स्पोर्ट क्लव आयोजक टिमले हात पारेको हो ।
खेल अबधिभर आयोजक टिमको तर्फबाट ३ गोल भएका थिए भने नमुना युवा क्लवले २ गोल मात्रै फिर्ता गर्न सफल भए । पहिलो चरणको खेलमा आयोजक प्रकृति स्पोर्ट क्वलको तर्फबाट २३ औँ मिनेटमा जर्सि नं ९ का विशाल चौधरीले गोल गरेका थिए । तर त्यो गोलको खुसी धेरै टिक्न सकेन तत्काल उक्त खेलको २५ औँ मिनेटमा नमुना क्लवको तर्फ बाट जर्सि नं १५ का प्रविन चौधरीले गोल फर्काएर खेललाई बराबरी बनाएका थिए ।

हाफ पछि पुन आयोजकको तर्फ बाट २ गोल थपेर टिमलाई बिजयी बनाए भने नमुनाले १ गोल मात्र थप्न सफल भए । हाफ पछि दोस्रो चरणको खेलमा आयोजक टिमको तर्फ बाट बिशाल चौधरी र दिप्सन राउतले गोल गरेका थिए भने नमुना बाट प्रविन चौधरीले नै गोल गरेका थिए ।

प्रतियोगितामा विजेता टिमले नगद रु २० हजार, शिल्ड र प्रमाण पत्र प्राप्त गरे सँगै उपविजेता टिमले नगद रु १० हजार, शिल्ड र प्रमाण पत्र प्राप्त गरे । खेललाई त्रिनपा ५ वडा कार्यालयले खुख्य आर्थिक सहयोग गरेका थिए भने अन्य संघ संस्था र व्यापारी, उद्योगीहरुले पनि सहायक सहयोग गरेको कार्यक्रम संयोजक अमित भगतले बताए । खेलको लागि ग्राउनको व्यवस्था उदयपुर सिमेन्ट उद्योगले गराएका थिए ।

फाईनल खेलको प्रमुख अतिथि समेत रहेका उद्योगका माहाप्रवन्धक गोपिकृष्ण न्यौपानेले रेफ्रीलाई वल प्रदान गर्दै खेलको सुरुवाती गरेका थिए । साथै माहाप्रवन्धक न्यौपानेल खेलक्षेत्रका लागि उद्योगले अन्य थुप्रै सहयोगहरु गर्ने जनाएको छ । त्यस क्षेत्रका युवा खेलाडी तथा स्थानीयहरुका लागि उद्योगले बिषेश सहयोग गर्ने तर त्यस्का लागि प्रक्रियागतले योजनाहरु बनाएर ल्याउन समेत अनुरोध गरे । स्थानीयहरुले पनि माहाप्रवन्धक न्यौपानेलाई आउँदो खेलहरुका लागि ग्राउनलाई थप व्यवस्थीत गर्नु पर्ने माग गरेका छन् । फाईनल खेलमा उदयपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख प्रकाश राम राईको समेत उपस्थिति रहेको थियो ।



