Wednesday, May 27News That Matters

देउवाले प्रधानमन्त्रीको दाबी गर्दै किर्ते हस्ताक्षर राष्ट्रपतिलाई बुझाएको ओलीको आरोप

पूर्णपुष्टि, जेष्ठ ९

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दलका सभापति शेरबहादुर देउवालाई किर्ते हस्ताक्षरको आरोप लगाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष किर्ते हस्ताक्षर सहित आफुलाई प्रधानमन्त्रीको दावी गरेकोमा कांग्रेसमाथी ओली खनिएको छ ।

उनले कांग्रेस नेता पुष्पा भुषालले प्रधानमन्त्री ओलीले गराउने चुनावमा आफूहरू सहभागी नहुने भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति आपत्ति समेत जनाएको छ ।

आइतबार दिउँसो बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को सत्ता कब्जाको पथमा गएको बताए ।

उनीहरू त हिजो लोकतान्त्रिक प्रणलीका विरूद्ध हतियार उठाएर गएका थिए । पछिल्लो समय ट्याक्टिकल मुभ गरेर पनि उनीहरूको उद्देश्य सत्ता कब्जा नै हो,’ प्रधानमन्त्री ओलीले भने, ‘तर आफूलाई प्रजातान्त्रिक भन्ने नेपाली कांग्रेस पनि प्रचण्डपथ अंगिकार गरेर कुदेको जस्तो लाग्छ ।’

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीभित्र पनि बिग्रह ल्याउन खोजेको बताए ।