
पूर्णपुष्टि, जेष्ठ १२
पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर परिक्षण गर्दा ६ हजार ६ सय ७७ जनामा र ३ सय २२ जनाको एन्टिजेन परिक्षणमा ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना जितेर ६ हजार ७ सय १६ जना निको भएर घर फर्किएका छन् । त्यस्तै १ सय ४५ जनाको कोरोनाबाट ज्यान गएको मन्त्रालयले जनाएको छ । योसँगै मृतकको संख्या ६ हजार ८ सय ४५ पुगेको छ । देशभरमा संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ रहेका छन् ।
